Friday, December 5, 2025
Homeफिचरपाँचथरको हेंवा खोलामा बन्यो नेपालकै लामो बेलिब्रिज

पाँचथरको हेंवा खोलामा बन्यो नेपालकै लामो बेलिब्रिज

फिदिमः नेपालकै लामो बेलिब्रिज पाँचथरको हेंवा खोलामा जडान गरिएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा ७० मिटर लामो बेलिब्रिज जडान गरिएको हो ।

सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् । आगामी सातादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो । बेलिब्रिज जडान अन्तिम चरणमा पुगेका समयमा गत जेठ ३१ गते बेलिब्रिज भाँच्चिदा तीन जना कामदारको ज्यान गएको थियो । यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनीलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सकेका हुन् । बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो ।

हेंवा खोलामा रहेको पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो । तर सो बेलिब्रिजसमेत ०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेंवा खोलामा डाइभर्सनबाट सवारी साधन आवतजावत गर्दै आएका थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments