Friday, December 5, 2025
Homeफिचरअझै घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

अझै घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

विराटचोकः वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । जसअनुसार बैंकहरुको औसत ब्याजदर साउनको तुलनामा घटेको छ ।

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसतमा ५ दशमलव ६९ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा अधिकतम औसतमा ५ दशमलव ५७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । त्यस्तै, साउन महिनामा संस्थागत मुद्दति निक्षेपमा ४ दशमलव ११ प्रतिशतबिन्दु रहेको बैंकहरुको अधिकतम औसत ब्याजदर भदौ महिनामा ३ दशमलव ९६ प्रतिशतविन्दुमा झरेको छ ।

८ वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर घटाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्रभु बैंकले भने ब्याजदर बढाएको छ । बाँकी बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments