विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ९६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ३१५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा १०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।







