Friday, December 5, 2025
Homeफिचरप्रभु बैंकको नाफा बढ्यो ९६५ प्रतिशत

प्रभु बैंकको नाफा बढ्यो ९६५ प्रतिशत

विराटचोकः प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५ दशमलव ४१ प्रतिशत बढी हो । हाल प्रकाशित वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा ५१ करोड ८ लाख रुपैयाँ मात्र छ । जसका कारण नाफा वृद्धिदर उल्लेख्य देखिएको हो । बैंकले गत वर्ष प्रकाशित गरेको विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ थियो ।

सो बैंकले इम्पेरमेन्ट चार्जमा हेरफेर गरेका कारण खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो । गत वर्ष प्रकाशित विवरण अनुसार २०८१ असार मसान्तसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो । तर हाल प्रकाशित विवरण अनुसार सोही अवधिसम्ममा बैंकको यस्तो चार्ज ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यही कारण बैंकको अघिल्लो आर्थिक वर्षको नाफा घट्न गई गत आर्थिक वर्षको नाफा वृद्धिदर बढी देखिएको हो ।

बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९ दशलमव ६ गुणा रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments