गोठगाउँः मोरङको सुन्दरहरैंचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले अब एमबीबीएसको कक्षा सञ्चालन गर्न पाउने भएको छ । विश्वविद्यालयको मेडिकल कलेजमा ५० सिट क्षमताको एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकको निर्णय र स्थानीयको लामो प्रयासपछि यो उपलब्धि हासिल भएको हो ।







