Friday, December 5, 2025
Homeफिचरनेपाल बैंकले कमायो ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा

नेपाल बैंकले कमायो ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा

विराटचोकः नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तथ्यांक संशोधन गर्दा खुद नाफा वृद्धिदर १३ हजार १७५ प्रतिशत देखिएको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब ६५ करोड रुपैयाँ भए पनि यस वर्ष बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा २ करोड ८४ लाख रुपैयाँ मात्र देखिएको छ ।

बैंकले इम्पेरमेन्ट चार्जको तथ्यांक संशोधन गर्दा खुद नाफामा फरक भएको हो । गत वर्ष प्रकाशित वित्तीय विवरणमा २०८१ असार मसान्तसम्मको इम्पेरमेन्ट चार्ज २ अर्ब ५९ करोड रुपैयाँ थियो । तर, हाल प्रकाशित विवरण अनुसार सोही अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ७५ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ८२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ दशमलव ०७ प्रतिशत बढेको छ ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २३ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments