भोजपुरः गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलाका किसान व्यावसायिक किबी खेतीमा लागेका छन् ।
श्यामशिलाका ३० जना किसानले व्यावसायिक रूपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङ बताउनुहुन्छ । भोजपुर–लेगुवा सडक नजिक भएकाले किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्ने गरेका छन् ।
गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा सागसब्जीखेतीमा जोड दिएको पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राई बताउनुहुन्छ ।







