विराटचोकः आइतबार नेपालीरिका होटलमा पाथीभरा स्वतन्त्र महिला समाजले आफ्नो नवौं वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ । समाजले तीजको अवसरमा विशेष कार्यक्रम तथा दर खाने कार्यक्रम पनि सो अवसरमा सम्पन्न गरेको छ ।
साधारणसभामा गत वर्षका गतिविधिबारे समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमहरू तय गरिएको थियो । समाजकी अध्यक्ष योजना शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने र महिलालाई अझ सशक्त बनाउँदै सामाजिक कार्यमा सक्रिय बनाउन निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।







