Friday, December 5, 2025
Homeफिचरबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ । यस एपमार्फत् बिरामीहरूले मोबाइल फोन प्रयोग गरी ओपीडी टिकट बुकिङ, टाढैबाट अपोइन्टमेन्ट निर्धारण, र प्रयोगशाला रिपोर्ट डिजिटल रूपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिष्ठानका अनुसार सो एपको मुख्य विशेषता भनेको नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको प्रणालीसँगको सहज समन्वय (एपीआई सिंक) हो । यसअन्तर्गत बीमितले आफ्नो बीमा स्थिति वास्तविक समयमा प्रमाणीकरण गर्न सक्ने, बीमा सुविधाअन्तर्गत स्वतः ओपीडी टिकट बुक गर्न सक्ने र प्राप्त बीमाअनुसार निःशुल्क सेवा उपभोग गर्न सक्नेछन् ।

मिदास हेल्थ सर्भिसेजले नयाँ एपको सहायताले अनलाइनमार्फत् ओपीडी टिकट बुकिङ तथा भुक्तानी, मोबाइल फोनबाटै अपोइन्टमेन्ट निर्धारण, प्रयोगशाला रिपोर्ट डिजिटल पहुँच तथा बीमितका लागि निःशुल्क सेवा र बीमाको अवस्था प्रमाणीकरण सहजै गर्न सकिने उल्लेख गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मिदास हेल्थ सर्भिसेजबीचको यो सहकार्यले नेपालमा डिजिटल स्वास्थ्य सेवा रूपान्तरणको दिशामा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको पनि दुवै संस्थाले उल्लेख गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments