विराटचोकः लगातार तेस्रो दिन घटेको शेयर बजार आज ० दशमलव ३७ प्रतिशत अर्थात १० दशमलव ५० अंकले घटेर २ हजार ७८५ दशमलव ७४ बिन्दुमा बन्द भएको छ ।
नेप्सेमा सूचीकृतमध्ये ३२१ वटा कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर ७० हजार ९९ पटक कारोबार हुँदा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँको शेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ९ वटा समूहमा रातो पोतिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
आज बलेफी हाईड्रोको सर्वाधिक ३४ करोड ११ लाख २१ हजार ९६ रुपैयाँको शेयर कारोबार भएको छ । आज मायाखोला हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ५ दशमलव ७४ प्रतिशतले बढ्दा सिक्लेस हाईड्रोको शेयरमूल्य आज सर्वाधिक अर्थात ३ दशमलव ४५ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ५१ अर्ब ८९ करोड २३ लाख ३३ हजार ९०० रुपैयाँ कायम भएको छ ।







