Friday, December 5, 2025
Homeफिचरसुनको मूल्य हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख ९९ हजार ४०० रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको पुग्यो १ लाख ९९ हजार ४०० रुपैयाँ

विराटचोकः आज नेपाली बजारमा सुनको मूल्यले उच्च मूल्यको रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलामा हिजोभन्दा १ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले गत बुधबार कायम गरेको उच्च मूल्यको रेकर्ड आज ब्रेक गरेको हो । हिजो सुनको मूल्य स्थिर रहेको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर २ हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments