Friday, December 5, 2025
Homeफिचरसाताको अन्तिम कारोबार दिन नेप्से सूचक र कारोबारमा सामान्य सुधार

साताको अन्तिम कारोबार दिन नेप्से सूचक र कारोबारमा सामान्य सुधार

विराटचोकः साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ ।

बिहीबार नेप्से परिसूचक १८ दशमलव ३० अङ्क बढेर २८५०.३७ विन्दुमा पुगेको छ ।

बिहीबार ३१८ कम्पनीको ९५ हजार ८३९ पटकको कारोबारमा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँमा २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर किनबेच भएको छ ।

उच्च मूल्य बढ्नेमा अधिकांश जलविद्युत समूहका कम्पनी
बिहीबार उच्च मूल्य बढ्नेमा अधिकांश जलविद्युत समूहका कम्पनी रहेका छन् । सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८१ प्रतिशत बढेको छ । बरुण हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशत बढेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य ७ दशमलव ५६ प्रतिशत बढेको छ । खानीखोला हाइड्रो, लिबर्टी इनर्जी, छ्याङ्दी हाइड्रोको मूल्य धेरै बढेको छ ।

बजार बढे पनि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८ दशमलव २६ प्रतिशत घटेको छ । समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला जलविद्युत कम्पनी उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बिहीबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड १ लाख २८ हजार ८०४ रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्स, हिमालयन रि इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रो उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

१३ वटै उपसमूहको परिसूचक बढेको बजारमा वित्त उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ३८ प्रतिशत बढेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब ७६ करोड ६ लाख ५० हजार १५६ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments