विराटचोकः माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२ दशमलव ४५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढेको वित्तीय विवरण बैंकले सार्वजनिक गरेको छ । बैंकको खुद ब्याज आम्दानी १५ दशमलव ४१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १८ दशमलव १६ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ९९ दशमलव ९१ प्रतिशत बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी पनि ह्वात्तै बढेको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४ दशमलव ९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ ।
११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ ।
अघिल्लो आर्थिक वर्षको रिपोर्टसम्बन्धी समाचार तलको लिंकमा







