विराटचोकः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार कक्षा १२ मा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षामा सहभागीमध्ये ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।
समग्रमा ९ प्रतिशत सुधार भएको नतिजा आएको बोर्डले जनाएको छ । परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अङ्ग्रेजी, लेखा, सामाजिक र नेपाली विषयमा फेल (नन ग्रेडेड) भएका छन् ।







