विराटचोकः माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ०९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ४.९३ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ । बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ ।
११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।