गोठगाउँः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा अनुरोध साहको अध्यक्षतामा लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीको स्थापना भएको छ । लायन्स क्लब अफ विराटचोक सिटीले गोठगाउँलाई मातृत्व प्रदान गरेको हो ।
हिजो गोदावरी रिसोर्टमा भएको कार्यक्रममा घोषणा गरिएअनुसार लायन्स क्लब अफ रोयल गोठगाउँ सिटीको प्रथम उपाध्यक्षमा बलराम चौधरी, द्वितीय उपाध्यक्षमा प्रेम खनाल, तृतीय उपाध्यक्षमा ज्ञाननाथ ढकाल रहनुभएको छ । त्यस्तै सचिवमा सरोज आचार्य, सहसचिवमा पेशल कोइराला र कोषाध्यक्षमा सुमन बराइली रहनुभएको छ ।
कोअर्डिनेटरहरूमा सरोज श्रेष्ठ, गोविन्द पौडेल, नरेन राया, भेषराज ढकाल, कमल दाहल, मिलन लुइँटेल, बलराम चौधरी रहनुभएको छ ।
सदस्यहरूमा नवराज पोख्रेल, जीवन अधिकारी, टंक सिटौला, सुमन तिम्सिना, बुद्ध पोख्रेल, किसन चौधरी, रुक्मिता चौधरी रहनु भएको छ ।
लायन्स क्लब अफ विराटचोक सिटिका अध्यक्ष राजन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ३२५ सीका डिस्ट्रिक गभर्नर बबरजङ थापा रहनुभएको थियो । कार्यक्रममा जि इटि मल्टिपल कोअर्डिनेटर राजन खत्री, आइपी डिजी विकास अधिकारी, द्वितीय उपाध्यक्ष रमेश खत्री, लायन लिडरहरू उदयनारायण बराल, रोशन बुढाथोकी, एरिया चिफ रोहितकुमार साह, जोन चेयर सुमन गजमेर, विराटचोक सिटीका संस्थापक अध्यक्ष विवेक न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।







