विराटचोकः आज शेयर बजारमा दुई घण्टामै साढे १० अर्ब रुपैयाँको शेयर किनबेच भएको छ । आज बजार खुल्नासाथ बजार बढे पनि ३ मिनेटपछि अर्थात् ११ बजेर ३ मिनेट जाँदादेखि बजार घट्दै गएर १० मिनेट घटेपछि पुनः बढेको थियो ।
दिउँसो १ बजेसम्ममा बजार ५२ अंक बढेर २९२२ बिन्दुमा पुगेको छ । १० अर्ब ५१ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको बजारमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ । त्यसपछि हिमालयन रिइस्योरेसको उच्च कारोबार भएको छ ।







