विराटचोकः नेपाल राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशित गर्नुपर्ने समय सीमा बढाएको छ । त्रैमासिक वित्तीय विवरण ७ दिनभित्र प्रकाशित गर्नुपर्ने समय सीमा रहेकोमा राष्ट्र बैंकले त्यसलाई बढाएर १५ दिन पुर्याएको छ ।
त्यसैगरी चौथो त्रैमासिक वित्तीय विवरण आर्थिक समाप्त भएको ३० दिनभित्र प्रकाशित गर्ने गरी समय सीमा बढाइएको छ । यसअघि आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।







