विराटचोकः शुक्रबार कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव १९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ दशमलव २५ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा पुगेको छ ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ भे जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ ।







