Tuesday, January 27, 2026
Homeफिचरआर्थिक वर्ष २०८१०८२ शेयर कारोबारमा ऐतिहासिक रेकर्ड भएको वर्ष

आर्थिक वर्ष २०८१\०८२ शेयर कारोबारमा ऐतिहासिक रेकर्ड भएको वर्ष

विराटचोकः गत आर्थिक वर्षमा नेपालको शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

एक्सचेञ्जको विवरणअनुसार अघिल्लो आर्थिक वर्ष ०८०\८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आर्थिक वर्ष २०८१\८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

२०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पूँजीकरण २०८२ असार मसान्तमा ३१ दशमलव शून्य पाँच प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २ सय ७२ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गत आर्थिक वर्षमा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मीसहित पूँजी बजारका सरोकारवाला सबैलाई धन्यवाद दिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments