Friday, December 5, 2025
Homeफिचरपहिलो जाति धिमाल व्यवस्थापन समितिको स्थापना दिवसमा वृक्षरोपण

पहिलो जाति धिमाल व्यवस्थापन समितिको स्थापना दिवसमा वृक्षरोपण

उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकामा गठित ‘पहिलो जाति धिमाल व्यवस्थापन समिति’ले चौथो स्थापना दिवसका अवसरमा सोमबार वृक्षरोपण गरेको छ ।

उर्लाबारी–३ मंगलबारेस्थित धिमाल जातीय विकास केन्द्रको १० बिघे परियोजनास्थलमा धुपी, कल्की र अशोक प्रजातिका करिब १ सय बिरुवा रोपिएको हो ।

समितिले उर्लाबारी नगरपालिकाभित्र रहेका १९ वटै धिमाल गाउँ÷टोल विकास समितिहरूलाई आफ्ना कार्यालय व्यवस्थित राख्नका लागि १÷१ थान स्टिलको दराज, अफिस टेबल र अफिस कुर्सी वितरण गरेको छ । समितिका सचिव सुनिल धिमालका अनुसार ४ लाख मूल्यबराबरको सामान वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य नम्बरलाल धिमालले समितिले गर्दै आएका कार्यको प्रशंसा गर्नुभएको थियो ।

विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले उर्लाबारी नगरपालिकाले पहिलो जातिका रूपमा धिमाल समुदायलाई निरन्तर बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमाल, संविधानसभा सदस्य नगेन्द्र धिमाललगायतको उपस्थिति रहेको थियो । समितिका अध्यक्ष नारायण धिमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुनिल धिमालले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष कविकुमार धिमालले राख्नुभएको थियो ।

२०७८ साल असार ३० गते उर्लाबारी नगर कार्यपालिकाको नगरसभाले धिमाल जातिलाई ‘पहिलो जाति’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष असार ३० गते स्थापना दिवस मनाउने गरिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments