Friday, December 5, 2025
Homeफिचरसातामा १ प्रतिशत बढ्यो नेप्से

सातामा १ प्रतिशत बढ्यो नेप्से

विराटचोकः यस साता नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २७०३ दशमलव ९६ विन्दुमा बन्द भएको नेप्से यस साता १ दशमलव ०३ प्रतिशत अर्थात् २७ दशमलव ८४ अङ्क बढेर २७३१ दशमलव ८० बिन्दुमा पुगेको छ ।

सातामा तीन कारोबार दिन नेप्से बढेर बन्द भएको थियो दुई कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ७ दशमलव ५६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २ दशमलव १६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ८१ अङ्क बढेको छ ।

गत साता दैनिक औसतमा ७ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा ८ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । यस साता दैनिक औसत शेयर सङ्ख्या २ दशमलव ०९ प्रतिशत बढेको छ भने दैनिक औसत कारोबार सङ्ख्या ७ दशमलव ०३ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४६ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।

सातामा ८ वटा उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ६७ प्रतिशत बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक भने यस साता सबैभन्दा बढी १ दशमलव ८० प्रतिशत घटेको छ ।

यस साता भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक १८ दशमलव ३१ प्रतिशत बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक १३ दशमलव ८६ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments