खोर्सानेः मोरङको सुन्दरहरैंचा–१० स्थित खोर्साने चोकमा खोर्सानीको प्रतिमासहित निर्माण गरिएको लायन्स स्तम्भ शनिबार अनावरण गरिएको छ ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंसहित लायन्स क्लबका प्रतिनिधिहरूले स्तम्भको अनावरण गर्नुभएको हो । खोर्साने क्षेत्रको सांस्कृतिक पहिचान उजागर गर्ने उद्देश्यले लायन्स क्लब अफ खोर्सानेको पहलमा स्तम्भ निर्माण गरिएको हो ।
क्लबका संस्थापक अध्यक्ष रामकुमार बस्नेत (विप्लव) का अनुसार, पहिले उक्त चोकमा रहेका दुईवटा फलैचाले यात्रुहरूलाई ठाउँको संकेत दिन्थ्यो । तर, राजमार्ग विस्तारसँगै ती फलैचा हटाइएपछि खोर्सानेको नामै हराउने अवस्था नआओस् भनेर खोर्सानीको प्रतिमासहितको लायन्स स्तम्भ निर्माण गरिएको हो ।







