Friday, December 5, 2025
Homeअर्थआगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

विराटचोकः नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२\०८३ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

मौद्रिक नीतिले गरेका मुख्यमुख्य व्यवस्था
सहज परिस्थिति रहेकाले समग्र मागमा अभिवृद्धि गर्न मौद्रिक नीतिलाई लचिलो बनाइएको छ । निक्षेपको वास्तविक व्याजदर नकारात्मक हुन नदिनतर्फ पनि विशेष ध्यान दिइएको छ ।

कर्जाको ब्याजदर न्यून हुँदा पनि पूँजी निर्माणमा अपेक्षित सुधार हुन सकेको हुँदा उत्पादन र पुँजी निर्माण गर्ने क्षेत्र वित्तीय साधन परिचालनमा ध्यान दिनुपर्ने भएको छ ।

पर्याप्त तरलता र न्यून ब्याजदरका बाबजुद पनि कर्जा प्रवाह अपेक्षित हुन सकेको छैन । विवेकशील नियम गर्नुपर्ने देखिएको छ ।

सहज मुद्रास्फिती, सुविधाजनक वैदेशिक मुद्राको सञ्चितिलाई ध्यानमा राखी अर्थतन्त्रलाई गतिशित बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ ।

खुला बजार कारोबार र व्याजदर करिडोरलाई थप सुदृढ बनाई मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाइएको छ ।

आगामी आर्थिक वर्षको लागि विस्तृत मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२ प्रतिशत रहने अनुमान गरिएको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ प्रतिशत र तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशतबाट घटाई २ दशमलव ७५ प्रतिशत निर्धारण गरिने भएको छ ।

निजी घर निर्माण गर्न वा खरिद गर्न प्रदान गरिने कर्जाको सीमा २ करोडबाट बढाई ३ करोड कायम गरिने भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments