Friday, December 5, 2025
Homeफिचरएनएमबी बैंक गोठगाउँले दियो पञ्चायत माविलाई ३२ जोडी डेस्कबेञ्च

एनएमबी बैंक गोठगाउँले दियो पञ्चायत माविलाई ३२ जोडी डेस्कबेञ्च

गोठगाउँः मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविलाई एनएमबी बैंकको गोठगाउँ शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३२ जोडी डेस्कबेञ्च प्रदान गरेको छ ।

आज विद्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यक्रममा डेस्कबेञ्च प्रदान गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख कमल पोखरेल, सहायक प्रमुख प्रकाश घिमिरे तथा गोठगाउँ शाखाका प्रबन्धक सौरभ प्रधानले विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठलगायतलाई ती फर्निचर हस्तान्तरण गर्नुभएको हो ।

बैंकका प्रदेश प्रमुख कमल पोखरेलले शैक्षिक गुणस्तर सुधार्न केही हदसम्म सहयोग पुगोस् भनेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फर्निचर प्रदान गरेको बताउनुभयो । आगामी दिनमा पनि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले बैंकको कार्यको प्रशंसा गर्नुभयो । विद्यार्थीलाई प्रविधिमैत्री बनाउन विद्यालयलाई अब स्मार्ट बोर्डको आवश्यकता परेको उहाँको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले सञ्चालन गर्नुभएको कार्यक्रममा सुन्दरहरैंचा–७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, समाजसेवी नागेश पोखरेल, राजकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलगायतको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments