दुलारीः मोरङको सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्षको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो सम्पन्न भएको छ । सुन्दरहरैंचा–५ मा रहेको सतकविर धार्मिक स्थलको हलमा नगर प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा सार्वजनिक सुनुवाइ भएको हो ।
नागरिकका चासो, गुनासो र जिज्ञासालाई सार्वजनिक रूपमै सम्बोधन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगरपालिकाले हालसम्म गरेका प्रमुख उपलब्धि तथा आर्थिक–प्रशासनिक गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूले हसिना सिमसार क्षेत्रमा काम रोकिएको, कार्यालयमा कर्मचारीहरू नभेटिने, बुढीगंगा घाट बुढी खोलाको पूर्वतर्फ पनि निर्माण गर्न आवश्यक रहेकोलगायतका विषयमा प्रश्न राखेका थिए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, सुशासन, लागुऔषध दुरुपयोगजस्ता विविध विषयमा नागरिकहरूले प्रश्न उठाएका थिए ।
सहभागीले राखेका जिज्ञासाको नगरप्रमुख केदारप्रसाद गुरागाईँ र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जवाफ दिनुभएको थियो ।
सुन्दरहरैंचा नगरपालिकाको आयोजना तथा रेडियो सुसेलीको सहजीकरणमा कार्यक्रम भएको थियो ।
केराबारी–६ को सार्वजनिक सुनुवाइ सम्पन्न
केराबारी १० को सार्वजनिक सुनुवाइ सम्पन्न
केराबारी ९ को सार्वजनिक सुनुवाइ सम्पन्न
केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ सम्पन्न







