विराटचोकः नझरेका फूलहरूको आयोजनामा सञ्चालित उद्घोषण तथा भाषणकला तालिम शनिबार सलकपुरस्थित सार्वजनिक पुस्तकालयमा सम्पन्न भएको छ ।
असार १५ गतेदेखि सञ्चालन गरिएको तालिमको सहजीकरण नझरेका फूलहरूका प्रस्तोता तथा प्रशिक्षक केपी घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुसेली एफएमका सुरेन्द्रबहादुर थापा रहनुभएको थियो । सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्की, सुकुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद रिमाल र हिमालय अङ्ग्रेजी स्कुलका प्रिन्सिपल कमल खनाललगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।







