गछियाः जनता माध्यमिक विद्यालय सुन्दरहरैंचा–३ त्रिजुगाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ग्रेडेड हुन सफल विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरी बधाइ दिएको छ ।
सो विद्यालबाट एसईईमा ३५ जना विद्यार्थी सहभागी भएकोमा ३४ जना विद्यार्थी ग्रेडेड भएपछि सो विद्यालय सुन्दरहरैचाका सामुदायिक विद्यालयहरूमध्ये पहिलो भएको थियो ।
सोही कार्यक्रममा शैक्षिक सत्र २०८१ अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्रा र दलित समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति पनि वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभितमान पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईको अध्यक्षतामा भएको थियो ।
महेन्द्र मावि रसुवापोखरी रौतामाई गाउँपालिकाको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट
एसइइमा राम्रो नतिजा ल्याएपछि बालप्रतिभाका शिक्षक र विद्यार्थी सम्मानित







