पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकाले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउँदै आएका ३ जना पत्रकारहरुलाई सम्मान गरेको छ भने १३ जनालाई लेखनवृत्ति प्रदान गर्ने भएको छ । एक सञ्चार संस्थालाई पनि पुरस्कृत गरेको छ ।
लामो समयदेखि पथरीशनिश्चरे क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाई क्रियाशील पत्रकारितामा संलग्न पत्रकार दिनेश सुब्बा, केशव निरौला र छविराज ढकाललाई नगद २५ हजारसहित नगरले सम्मान गरेको हो ।
पत्रकारहरूको लेखन क्षमतामा अभिवृद्धि ल्याउन नगरपालिकाले १३ जना पत्रकारलाई जनही १० हजार रुपैयाँका दरले लेखनवृत्ति प्रदान गरेको छ । लेखनवृत्ति प्राप्त गर्नेमा फिपराज बेघा, मोहन भट्टराई, अर्जुन काफ्ले, केशव निरौला, विजय खम्बू, छविराज ढकाल, संगीता राई, प्रेम केडी भट्टराई, भूमिप्रसाद पाठक, भीमराज अधिकारी, रामकुमार परियार र ईश्वर दुलाल रहेका छन् ।
पथरीशनिश्चरे नगरपालिकाले हरेक वर्ष पत्रकारहरूको लेखन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लेखनवृत्ति प्रदान गर्दै आएको छ ।







