Friday, December 5, 2025
Homeफिचरएसइइमा राम्रो नतिजा ल्याएपछि बालप्रतिभाका शिक्षक र विद्यार्थी सम्मानित

एसइइमा राम्रो नतिजा ल्याएपछि बालप्रतिभाका शिक्षक र विद्यार्थी सम्मानित

खोर्सानेः हालै प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा मोरङको सुन्दरहरैंचा–१० स्थित खोर्सानेमा रहेको बालप्रतिभा माध्यमिक विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि विद्यालयले विशेष कार्यक्रम गरी विद्यार्थी तथा शिक्षकलाई सम्मान गरेको छ ।

एसईई नतिजामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरू तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो । सबैभन्दा बढी ए प्लस ग्रेड दिलाउने शिक्षकहरू विषयगत रूपमा सम्मानित हुनुभएको थियो । विज्ञान विषयका शिक्षक योगेन्द्र कार्की, गणित विषयका शिक्षक शैलेन्द्रकुमार देव तथा ऐच्छिक गणितका शिक्षक राकेश पोद्दारलाई विद्यालयले सम्मान गरेको हो ।

परीक्षामा निर्जल श्रेष्ठले ३.९१ जिपिए ल्याउँदै विद्यालय टप गरेकाले सर्वोत्कृष्ट विद्यार्थीको रूपमा विशेष सम्मान प्रदान गरिएको थियो । परीक्षामा सहभागी ३७ जना विद्यार्थीमध्ये २१ जनाले ए प्लस, १५ जनाले ए र १ जनाले बि प्लस ग्रेड प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments