विराटचोकः माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । एसईईमा ६१.८१ प्रतिशत ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
सो परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।







