विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १८० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार बस्ने सोह्रौँ नगरसभाको तेस्रो बैठकले सो बजेट पारित गर्ने भएको छ । चालु आर्थिक वर्षको भन्दा ११ करोड ३३ लाख ४० हजार ८२० रुपैयाँ कम रहेको सो बजेटमा आयको लक्ष्य यसप्रकार राखिएको छ ।
१. नगरपालिकाको आन्तरिक आम्दानी तर्फ १६ करोड संकलन हुने प्रक्षेपण गरिएको छ ।
२. गछिया, लोहोन्द्रा र बुढी खोलाको नदीजन्य पदार्थको बिक्रिबाट (स्थानीय राजस्व बाँडफाँड) प्राप्त हुने आय रू ५ करोड संकलन गर्ने लक्ष्य लिइएको छ ।
३. बन क्षेत्रको ढुंगा गिटि बिक्रिबाट प्राप्त हुने आम्दानी ७ करोड ८० लाख ३० हजार ८५ रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।
४. प्रदेश सरकारबाट राजस्व बाँडफाँड (सवारी साधन कर र विज्ञापन कर) बापत १ करोड ७३ लाख ३१ हजार ७९९ प्राप्त हुने अनुमान गरिएको छ ।
५.संघीय सरकारबाट राजस्व बाँडफाँड (मूल्य अभिवृद्धि कर, अन्त शुल्क र बन रोयल्टी) बापत १६ करोड १४ लाख ११ हजार २९६ प्राप्त हुने अनुमान गरिएको छ ।
६. मालपोत रजिष्ट्रेशन दस्तुर (स्थानीय राजस्व बाँडफाँड) बापत ११ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
७. संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान २० करोड ४५ लाख हुने अनुमान गरिएको छ ।
८.प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १ करोड ९३ लाख १४ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
९. संघीय सरकार र नगरपालिकाबीच साझेदारीमा सञ्चालन गर्ने गरी समपूरक अनुदान पूँजीगत तर्फ ६८ लाख रुपैयाँ र कोशी प्रदेश सरकारबाट समपुरक अनुदान शीर्षकमा ७० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
९. संघीय सरकार सशर्त अनुदानमार्फत कार्यक्रमसहित चालु खर्च तर्फ ३६ करोड १८ लाख प्राप्त हुने अनुमान छ ।
१०. संघीय सरकार सशर्त अनुदान मार्फत आयोजना सहित पूँजिगत खर्च तर्फ रू ३४ करोड ९ लाख रकम प्राप्त हुने अनुमान छ ।
११. संघीय सरकार विशेष अनुदान मार्फत ५ करोड ६३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
१२. कोशी प्रदेश सरकार सशर्त अनुदान तर्फ ९३ लाख ७२ हजार मध्ये पूँजीगततर्फ ५२ लाख र चालुतर्फ ४१ लाख ७२ हजार प्राप्त हुने अनुमान छ ।
१३. अल्याबाट १३ करोड रुपैयाँ दायित्व सर्ने अनुमान गरिएको छ ।
सुन्दरहरैँचाको बजेट चालु आर्थिक वर्षको भन्दा ११ करोड ३३ लाख रुपैयाँ कम







