Friday, December 5, 2025
Homeअर्थसुन्दरहरैँचाको बजेट चालु आर्थिक वर्षको भन्दा ११ करोड ३३ लाख रुपैयाँ कम

सुन्दरहरैँचाको बजेट चालु आर्थिक वर्षको भन्दा ११ करोड ३३ लाख रुपैयाँ कम

विराटचोकः चालु आर्थिक वर्षको भन्दा ११ करोड ३३ लाख ४० हजार ८२० रुपैयाँ कमको बजेट सुन्दरहरैँचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको छ ।

हिजो नगर उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि १ अर्व ७१ करोड २७ लाख ५९ हजार १ सय ८० रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । गत वर्ष नगरले १ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

मङ्गलबार प्रस्तुत बजेटमा पूर्वाधार विकास तर्फ रु ६१ करोड ३७ लाख , आर्थिक विकास तर्फ रु २ करोड ८६ लाख , सामाजिक विकास तर्फ रु ४६ करोड १२ लाख २ हजार रकम विनियोजन गरिएको छ । वन तथा वातावरण विपद व्यवस्थापन तर्फ रु १ करोड ७५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू २ करोड ६३ लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमध्ये चालु खर्चतर्फ ८२ करोड ६२ लाख ९० हजार विनियोजन गरिएको छ । पूँजीगत खर्चतर्फ ८७ करोड ९९ लाख ६९ हजार १८० रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनमा ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सम्बन्धित समाचारः

सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको बजेट, झण्डै २६ करोड घाटा बजेट

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments