Thursday, October 29, 2026
Homeसमाचारभोलि र पर्सि नेपालभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागको...

भोलि र पर्सि नेपालभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

विराटचोकः बंगालको खाडीमा विकसित भएको चक्रवात ‘अर्नब’ को प्रभावका कारण नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल भारतको आन्ध्र प्रदेश र यानम आसपासको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरिरहेको उक्त चक्रवात कमजोर बन्दै नेपाल नजिकको भारतीय भूभागसम्म आइपुग्ने भएकाले आगामी शनिबारसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान गरिएको छ ।

मौसमविद्का अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली तथा सुदूरपश्चिमका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने र कर्णाली तथा सुदूरपश्चिममा मेघगर्जन, चट्याङ र असिनापानीको समेत जोखिम रहेको जनाइएको छ ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ । अन्य विभिन्न क्षेत्रमा पनि अरेन्ज अलर्ट जारी गर्दै सतर्क रहन आग्रह गरिएको छ ।

आगामी केही दिन अनावश्यक यात्रा नगर्न मौसमसम्बन्धी सूचनामा ध्यान दिन र बाढी, पहिरो तथा चट्याङको जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ ।

विभिन्न स्थानीय तह र सुरक्षा निकायलगायत सरोकारवाला निकायले पनि सतर्कता सूचना जारी गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments