विराटचोकः यही जेठ ७ गतेदेखि १० गतेसम्म विराटचोकस्थित नेपालिरिका होटलमा इन्द्रपुर जेसीजले आयोजना गरेको ‘जेसीआई नेपाल बिजनेस एकेडेमी २०२५’ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख अतिथिको आसनबाट गर्नुभएको थियो । मुख्यमन्त्री कार्कीले सम्बोधनका क्रममा यस्ता कार्यक्रमहरू नेपाल जेसीजले निरन्तर सञ्चालन गर्नुपर्ने र आफू तथा सरकार सधैँ जेसीजकर्मीको साथमा रहने बताउनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल जेसीज २०२५ की अध्यक्ष रजनी थापाले गर्नुभएको थियो ।
सो कार्यक्रममा देशभरबाट ६८ जना जेसीजकर्मी सहभागी हुनुभएको थियो । सहभागीहरूलाई प्रमुख प्रशिक्षक उषा चन्दक, सहायक प्रशिक्षक अनुप मुन्दडा र किरण केसीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको समापन समारोहमा कोशी प्रदेश सांसद तथा नेपाली कांग्रेस पार्टीकी प्रमुख सचेतक शोभा चेम्जोङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समापन समारोहमा नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रजनी थापा, राष्ट्रिय महासचिव विकेशलाल श्रेष्ठ, प्रमुख प्रशिक्षण आयुक्त राजाराम गौतम, निरुपित राष्ट्रिय उपाध्यक्ष उज्वल काबरा र राष्ट्रिय कार्यकारी उपाध्यक्षको उपस्थिति रहेको थियो ।
आतिथ्य शाखा इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले कार्यक्रमको समापनमा सहभागीहरू अब आफ्नो व्यवसाय अझ प्रभावकारी र दक्ष रूपमा सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।







