Saturday, June 14, 2025
Homeप्रविधि‘क्यान.संगठन’ बन्यो पहिलो नेपाली भाषामा डोमेन प्रयोग गरिएको वेबसाइट

‘क्यान.संगठन’ बन्यो पहिलो नेपाली भाषामा डोमेन प्रयोग गरिएको वेबसाइट

विराटचोकः नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘युनिभर्सल एक्सेप्टेन्स’ (युए) कार्यक्रम अन्तर्गत गत शनिबार सो वेबसाइट सार्वजनिक गरेको हो ।

क्यान महासंघका कार्यबाहक अध्यक्ष चिरञ्जीवी अधिकारीका अनुसार ‘क्यान डट संगठन’ डोमेनको वेबसाइट देवनागरी लिपिमा ‘क्यान.संगठन’ को रूपमा ल्याउन करिब एक वर्षदेखि पहल गरिएको थियो ।
नेपाली डोमेन आएपछि ईमेल पनि नेपालीमा आउने बनाउनेतर्फ पहल भइरहेको बताइएको छ ।

के हो युए प्रणाली ?
युए प्रणाली एक प्राविधिक आवश्यकता हो । जसले सबै मान्य डोमेन नामहरू र इमेल ठेगानाहरू सबै इन्टरनेट–सक्षम अनुप्रयोगहरू, उपकरणहरू र प्रणालीहरू द्वारा प्रयोग गर्न सकिन्छ भनेर सुनिश्चित गर्दछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments