विराटचोकः नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ ।
प्रतिसेयर नेटवर्थभन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनीलाई पाइपलाइनबाट हटाइएको हो ।
यसअघि सार्वजनिक लेखा समितिले नै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आईपीओको स्वीकृति नदिन भनेको छ । पाइपलाइनबाट हटाइएका १४ कम्पनीलाई अहिलेकै प्रक्रियाबाट आईपीओको स्वीकृत दिन नसक्ने भएपछि पुनः निवेदन दिन सक्नेगरी हटाइएको बताइएको छ ।
आईपीओ पर्खाइको सूचीबाट नाम हटेका कम्पनीमा एकर्ड फर्माटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिङ, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी रहेका छन् ।
आईपीओ पाइपलाइनबाट हटाएका जलविद्युत कम्पनीमा लाफिङ बुद्ध पावर नेपाल, याम्बालिङ हाईड्रोपावर, युनिक हाईड्रोपावर, बेनी हाईड्रो, पुवाखोला वान हाईड्रो, सानिमा हाईड्रो, रिचेट हाईड्रोपावर र झापा इनर्जी रहेका छन् ।