Friday, December 5, 2025
Homeफिचरसुकुनाका ६ जना विद्यार्थी भए सर्वाेत्कृष्ट, बीबीएसमा योगेश अधिकारी तथा बीएस्सीमा दिया...

सुकुनाका ६ जना विद्यार्थी भए सर्वाेत्कृष्ट, बीबीएसमा योगेश अधिकारी तथा बीएस्सीमा दिया घिमिरे क्रमशः बोर्ड तेस्रो र बोर्ड दोस्रो

विराटचोकः मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसका ६ जना विद्यार्थीले त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको वार्षिक परीक्षाको नतिजामा उत्कृष्ट अङ्क ल्याएका छन् ।

२०८१ सालको बीबीएस प्रथम वर्षको परीक्षामा योगेश अधिकारीले सर्वाधिक ८१.४ प्रतिशत अङ्क ल्याएर नेपालमै तेस्रो स्थान हासिल गर्नुभएको छ । शङ्करदेव मण्डलले ७९.२ प्रतिशत ल्याई सातौं, उत्तम सञ्जेलले ७७.२ प्रतिशत ल्याई अठारौं र योगेश कार्कीले ७७ प्रतिशत ल्याएर उन्नाइसौं स्थानमा उत्तीर्ण हुनुभएको छ ।

विज्ञान संकाय (बीएस्सी) तर्फ दिया घिमिरेले ८५.४ प्रतिशत अङ्क ल्याई देशभर दोस्रो स्थान प्राप्त गर्नुभएको छ । समीक्षा पौडेलले ७३.२ प्रतिशत अङ्क ल्याई २१ औं स्थान हासिल गर्नुभएको छ ।

उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीहरूलाई क्याम्पसले मंगलबार एक कार्यक्रमका बीच बधाई दिएको छ । सो अवसरमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, विभागीय प्रमुख तथा प्राध्यापकहरूले विद्यार्थीहरूलाई सम्मानसहित बधाई तथा शुभकामना दिएका थिए ।

त्रिभुवन विश्वविद्यालयले हालै उत्कृष्ट अङ्क ल्याउने ३० विद्यार्थीको नाम सार्वजनिक गरेको थियो । सो सूचीमा समावेश भएका विद्यार्थीहरूलाई क्याम्पसले थप सफलताको शुभकामना दिएको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments