विराटचोकः विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै मोरङको सुन्दरहरैंचास्थित विराटचोक बजारमा ‘डेस्टिनेशन एजुकेसन भिसा एण्ड सर्भिसेस’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको छ ।
परामर्श केन्द्रका सञ्चालक रूपेश भट्टराईका अनुसार अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, बेलायतलगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श केन्द्र उपयुक्त गन्तव्य बन्ने छ । डेस्टिनेशन एजुकेसनले विद्यार्थीहरूलाई अध्ययनसँगै उचित परामर्श, कागजात तयारी तथा आवश्यक सीप प्रदान गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
परामर्श केन्द्रको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकालले गर्नुभएको थियो । भट्टराई नौ कवर्ष अघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ ।







