Friday, December 5, 2025
Homeफिचरइटहरीमा रिसोर्स एजुकेशन हब प्रालिले दिन थाल्यो परामर्श सेवा

इटहरीमा रिसोर्स एजुकेशन हब प्रालिले दिन थाल्यो परामर्श सेवा

इटहरीः शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आउनुभएका नरेन्द्र दंगालले इटहरीमा रिसोर्स एजुकेशन हब प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालनमा ल्याउनुभएको छ ।

सो केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताले लामो समय शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आएका दंगालको अनुभव र इमान्दारिताका कारण रिसोर्स एजुकेशनले चाँडै सफलता हासिल गर्ने बताउनुभयो । सञ्चालक दंगालसँग करिव २० वर्षदेखिको अनुभव रहेका कारण गुणस्तरीय सेवा प्रदान हुनेमा ढुक्क हुन विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशका सचिव दंगालले करिव २० वर्षको अनुभव र इमान्दारिता नै आफ्नो मुख्य पहिचान रहेको भन्दै यसअघिको विश्वासलाई कायम राखेर सेवा प्रदान गर्ने बताउनुभयो ।

रिसोर्स एजुकेशनबाट अष्ट्रेलिया, बेलायत, अमेरिका, कोरिया, क्यानडा र जापानलगायतका मुलुकका लागि शैक्षिक परामर्श सेवाको काम गरिने सञ्चालन दंगालले जानकारी दिनुभयो । आइइएलटीएस, पीटीइ, स्याटजस्ता भाषाका कक्षा समेत सञ्चालन गरिने जनइएको छ ।

रिसोर्स एजुकेशन हब प्रालिका अध्यक्ष दंगालको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक परामर्श व्यवसायीहरुको संस्था राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदशेका अध्यक्ष सन्तोष कुरुङवाङले केन्द्रको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशका संस्थापक अध्यक्ष मोहनविक्रम तिगेला, कोषाध्यक्ष चन्दन माझी, इटहरी जेसीजका महासचिव मिलन कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments