Friday, December 5, 2025
Homeकला र साहित्यनझरेका फूलहरूको ४६ औँ शृङ्खलाको ‘पलेँटीमा पुरन याक्खा’, ५१ हजार नगदसहित याक्खा...

नझरेका फूलहरूको ४६ औँ शृङ्खलाको ‘पलेँटीमा पुरन याक्खा’, ५१ हजार नगदसहित याक्खा सम्मानित

धरानः नझरेका फूलहरुले धरान सङ्गीत प्रतिष्ठानसँगको सहकार्यमा प्रतिष्ठानको कार्यालय धरानमा शनिबार आयोजना भएको पलेँटी साँझमा सुन्दरहरैंचाका साहित्यकार पुरन याक्खालाई नगद ५१ हजार १५१ सहित सम्मान गरिएको छ । कार्यक्रममा सुन्दरहरैंचाका सञ्चारकर्मी कृष्णचन्द्र सुवेदीलाई कदरपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा कवि याक्खाले हालै प्रकाशित आफ्नो पहिलो कविता सङ्ग्रह ‘गर्भभित्र’ का केही कविता सुनाउनुभएको थियो । त्यसैगरी, साहित्यकार किरण टी लिम्बू, सिजन श्रेष्ठ, देवान किराती, युवराज ठकुरी, गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, खेमराज आचार्य र वासुदेव अधिकारीले सम्मानित स्रष्टा पुरन याक्खाका एकएक वटा कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा गायक पम्फा चाहार, दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ र मेरिना राईले गीत गाउनुभएको थियो ।

साहित्यकार बम देवानको प्रमुख आतिथ्यता र धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष रमेश राईको सभापतित्वमा कार्यक्रम भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments