विराटचोकः कवि सोमप्रसाद भट्टराईद्वारा लिखित ‘अतीतदर्पण खण्डकाव्यको शनिबार लोकार्पण गरिएको छ ।
विराटचोकमा राइडर्स महफिलद्वारा आयोजित कार्यक्रममा कवि भट्टराईद्वारा लिखित खण्डकाव्यको लोकार्पण गरिएको हो । लोकार्पित खण्डकाव्यमाथि समीक्षक टीका आत्रेयले परिचर्चा गर्नुभएको थियो । आत्रेयले कवि सोमप्रसाद भट्टराईको सो कृतिले आफू हुर्किएको भूगोलको चित्र आएको बताउनुहुँदै विषयवस्तुलाई कलात्मक तरिकाबाट लेखकले पस्कनुभएको उललेख गर्नुभयो ।
कृतिभित्रका ३ वटा छन्दका १२ श्लोक बाल प्रतिभा नयन पौडेलले हारमोनियमको सुरमा प्रस्तुत गर्नुभएको थियो ।
साहित्यकार पं. पुरुषोत्तम भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भरत गुरागाईँ ‘बर्बरिक’ले सञ्चालन गर्नुभएको थियो ।







