इटहरीः इटहरीबाट सञ्चालित अनलाईन पोर्टल प्रदेश खबरका अध्यक्ष तथा नेपाल विज्ञापन बाेर्डका सदस्य पवन अधिकारीलाई पितृ शोक परेको छ ।
नेपाल प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत रहेका अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा आज दिउँसो १ बजे निधन भएको हो ।
फोक्सो सम्बन्धी पीडित स्व.अधिकारीका पवन, प्रेम र ध्रुव गरी तीन जना छोरा तथा मीना, हिमा, तुलसा र अस्मिता चार जना छोरी रहेका छन् ।
स्व.अधिकारीको आज दिउँसो ४ बजे इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिने भएकाे छ ।







