Friday, December 5, 2025
Homeफिचरसुकुना बहुमुखी क्याम्पसमा दुई दिवसीय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सुकुना बहुमुखी क्याम्पसमा दुई दिवसीय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

विराटचोकः सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले वैशाख ६ र ७ गते आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ ।

सम्मेलन बैशाख ६ गते विहान क्याम्पस सभाकक्षमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. देवराज अधिकारीद्वारा Sustainability in Higher Education: Integrating Local and Global Knowledge शीर्षकको शैक्षिक सम्मेलन उद्घाटन गरिएको उक्त सम्मेलनमा पाँचवटा विदेशी विश्वविद्यालय एवम् पाँचवटा स्वदेशी विश्वविद्यालयका गरी जम्मा दशवटा विश्वविद्यालय र विभिन्न क्याम्पस तथा अनुसन्धान प्रतिष्ठानका गरी ३३१ जना प्रतिनिधिहरू सहभागी  हुनुभएकाे थियाे ।

पहिलो दिन वैशाख ६ गते शनिबारका दिन नेपालस्थित अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्कर, आसाम डाउनटाउन विश्वविद्यालय भारतका उपकुलपति प्रा.डा. नारायणचन्द्र तालुकदार, काठमाडौँ विश्वविद्यालका डीन प्रा.डा. बालचन्द्र लुईँटेल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले एउटै सभाकक्षमा किनोट स्पिच दिनुभएकाे थियाे ।

सोही दिन Call for Collaboration: Can Discourse across Discipline Derive Sustainability in Higher Education ? शीर्षकमा प्रा.डा. तीर्थराज खनियाँ, थाइल्याण्डकी डा. अपारडि लिम र पोलैण्डका डा. माइकल अपोलो प्यानलिस्ट समावेश भएको प्यानल डिस्कसनलाई प्रा. डा. बासुदेव काफ्लेले प्यानल मोडरेटेरका रुपमा सञ्चालन गरेका थिए ।

अमेरिकी राजदूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा प्रमुख रोजर कोहेन, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रा.डा. देवेन्द्र अधिकारी फरकफरक तीन ठाउँमा प्लेनरी सेसन सञ्चालन गरेका थिए भने विभिन्न पाँच ठाउँमा समानान्तर सेसनहरूमा सत्रवटा पेपरहरू प्रस्तुतीकरण गरिएका थिए । पहिलो दिन २५ वटा सेसनहरू सञ्चालन गरिएको जानकारी सम्मेलनका कन्भेनर गुणराज नेपालले दिएका छन् । सो दिन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रमुख अतिथि, अतिथि र सहभागिलाई स्वागत गरेका थिएभने आयोजक समितिका सदस्य उषाकिरण वाग्लेले सत्र्चालन गरेकी थिइन् ।

दाेस्राे दिन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया, काठमाडौँ विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञावली र त्रिविका पूर्वउपकुलपति प्रा.डा. तीर्थराज खनियाँले एउटै कक्षमा तिनवटा कि नोट सेसन सञ्चालन गरेका थिए । क्षेत्रीय अङ्ग्रेजी भाषा विशेषज्ञ विश्वराज गौतम, त्रिविका प्रा.डा. बासुदेव काफ्ले, डिग्री क्याम्पस विराटनगरकी डा. बन्दना जैन, सुकुना बहुमुखी क्याम्पसका नरप्रसाद भण्डारी, र डा. दीपकप्रसाद न्यौपाने, पोल्याण्डका माइकल एपोलो, थाइल्याण्डकी डा. अपराडि लिमले फरकफरक समूहमा सातवटा प्लेनरी सेसन सञ्चालन गरेको जानकारी आयोजक समितिका कोकन्भेनर नवराज कोइरालाले दिएका छन् ।

दाेस्राे दिन पाँचवटा समूहमा एकैसाथ सुमार्गी हुमागाईँ, केशव पुरी, लक्ष्मणप्रसाद भण्डारी, साजन चौधरी, कमलराज दाहाल, तीर्थराज आचार्य, इन्दिरा राई, मदनराज बराल, बासुदेव दाहाल एवम् जनार्दन गुरागाईँ, बाला भटटराई, इपेन्द्र तामाङ, चिनिया विद्यावारिधि स्कलर युलिङ लियाङ, ओमनाथ खतिवडा, किशोर दाहाल, दण्डपाणि गौतम, केशवप्रसाद तिमिल्सिना, रुद्रनाथ दाहाल, भिमा राई, डा. खगेन्द्रप्रसाद लामिछाने, डिल्लीराम पोख्रेल, विष्णुप्रसाद न्यौपाने, योगराज पोदार, सन्तोष दाहाल, मातृका थापा, विक्रम थापा, शान्तिराम दाहाल, लक्ष्मण टण्डन एवम् भीम ढकाल, होमबहादुर थापामगर, खगेन्द्रराज दाहाल, उमेश उप्रेती, चन्द्रप्रसाद अधिकारी र प्रदिप केसीले समान्तर सेसनमा बत्तिस वटा पेपर प्रिजेण्टेसन गरेको जानकारी आयोजक समितिका प्रमुख एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले दिएका छन् ।

 दुई दिनमा सात वटा कि नोट, १० वटा प्लेनरी र ४९ वटा समानान्तर सेसनका पेपर प्रिजेण्टेसन गरी जम्मा ६७ वटा अवधारणापत्र प्रस्तुत गरिएका थिए । दुवै दिनका कार्यक्रममा उषाकिरण वाग्ले, गुणराज नेपाल र विद्यार्थी र्यापोटियर्सहरूले कार्यक्रम सञ्चालन गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, उपाध्यक्ष ललितबहादुर श्रेष्ठ, सदस्यहरू, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी र सहायक क्याम्पस प्रमुख द्वय बलराम पोखरेल एवम् गणेशप्रसाद दहालले अनुगमन र समन्वय गरेका थिए ।

दोस्रो दिन क्याम्पसकाे सभाकक्षमा दुई दिने शैक्षिक सम्मेलन समापन कार्यक्रम सञ्चालन गरिएको थियो । क्याम्पस सञ्चालक समितका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सञ्चालन गरिएको समापन कार्यक्रममा जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेल र चिनिया विद्यावारिधी स्कलर युलिङ लियाङले दुईदिने कार्यक्रमको समीक्षा गर्दै क्याम्पसलाई बधाई ज्ञापन गरेका थिए । सो कार्यक्रममा सम्मेलन आयोजक समितिको तर्फबाट सो समितिका प्रमुख गणेशप्रसाद दहालले विश्वविद्यालय अनुदान आयोग नेपाल, वित्तिय सहयोग उपलब्ध गराउने सुन्दरहरैँचा नगरपालिका, लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, अमरिकी दूतावास, विदेशी तथा स्वदेशी विश्वविद्यालयहरू, विषयविज्ञहरू, पेपर प्रिजेण्टर, सहभागिहरू, पत्रकार, विद्यार्थी र्यापोटियर्स, स्वयम्सेवक, शिक्षक तथा कर्मचारी, उपसमिति, सञ्चारकर्मी  र कार्यक्रम सड्फलताका लागि प्रत्यक्ष र परोक्ष सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । समापन सत्रमा मायाको चिनो र प्रमाणपत्र वितरण गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारीले कार्यक्रमको समापन गरेका थिए । बन्दसत्रको सञ्चालन उषाकिरण वाग्लेले गरेकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments