विराटचोकः इन्द्रपुर जेसीज र पाथीभरा स्वतन्त्र महिला समाजको संयुक्त आयोजनामा बेकरी तथा मिठाइ बनाउने तालिमसम्पन्न भएको छ । सो तालिममा ५० भन्दा बढी सहभागीहरूलाई विभिन्न प्रकारका केक, कुकीज र परिकारहरू बनाउन सिकाइएको थियो ।
तालिमका प्रशिक्षकहरूले बेकरी उद्योगमा आवश्यक पर्ने आधारभूत ज्ञान, सामग्रीको प्रयोग, उचित तापमान व्यवस्थापन जस्ता महत्वपूर्ण पक्षहरूमा प्रशिक्षण दिएका थिए ।
इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालका अनुसार महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो ।
पाथीभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष योजना शर्मा ढकालले स्थानीयस्तरमा सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्ने बताउनुभयो ।







