विराटचोकः नेपाली बजारमा सुनको भाउ आज हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । आज सुनको भाउ तोलाको १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको छ । हिजोभन्दा आज सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आज तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९७० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको थियो ।







