काठमाडौंः आज साँझ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । जसअनुसार असल कर्जाको प्रोभिजन दर १ दशमलव १ प्रतिशतबाट १ प्रतिशतमा झारिएको छ ।
भाखा नाघेको ३ महिनासम्मको कर्जालाई असल कर्जाका रुपमा व्याख्या गरिँदै आएको छ । सो कर्जाको जोखिम न्यूनीकरणका लागि अब बैंकहरुले अब १ प्रतिशत मात्रै रकम छुट्याउँदा हुने भएको छ ।







