काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ । ३३ वर्षीय ओझा पत्रकार हुन् ।
यसअघि सर्ट लिस्टमा ओझाका साथै रामशरण पुडासैनी र दामोदर बस्यौला परेका थिए । व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका उनीसँग पत्रकारितासहित कर्पोरेट क्षेत्रमा पनि काम गरेको अनुभव छ ।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचार आरोप लागेपछि रिक्त रहेको पदमा आवेदन आह्वान गरिएको थियो । आवेदन दिएको समयदेखि ओझालाई प्राधिकरणको अध्यक्ष बनाउने चर्चा थियो । पूर्वयोजनाअनुसार नै कांग्रेसको भागमा परेको प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त भएका हुन् ।







