Friday, December 5, 2025
Homeफिचरसुकुनाका २५ विद्यार्थीले एकैपटक प्रावि तहको स्थायी शिक्षकमा लिए नियुक्ति

सुकुनाका २५ विद्यार्थीले एकैपटक प्रावि तहको स्थायी शिक्षकमा लिए नियुक्ति

विराटचोकः सुकुना बहुमुखी क्याम्पस पूर्वको चर्चित क्याम्पसको रुपमा रहेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा अवस्थित सो क्याम्पसमा अध्ययनरत २५ जना विद्यार्थीले शिक्षक सेवा आयोगले लिएको परीक्षा पास गरी एकै पटक प्रावि तहको शिक्षकको नियुक्ति लिएका छन् ।

स्थायी शिक्षकमा नाम निकालेका २५ जना विद्यार्थीहरुलाई क्याम्पसले आइतबार सम्मान गरेको छ । सम्मान कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहाल र प्रमुख बलराम पोखरेल, प्राध्यापक विदुरप्रसाद सुवेदी तथा स्ववियु सभापति सन्तोष लिम्बूलगायतले स्थायी शिक्षक हुन सफल विद्यार्थीलाई सम्मान गर्नुका साथै थप शैक्षिक प्रगतिको शुभकामना दिनुभएको थियो ।

सुकुनाका विद्यार्थीहरू भोजराज रिजाल, सूर्य न्यौपाने, सुषमा पोखरेल, सुभाष पोखरेल, एलिना बिष्ट, लिला कार्कीढोली, इन्दिरा कटुवाल, अनिता बुढाथोकी, आयुषा कार्की, मिलन राउत, सुभना पोख्रेल, मञ्जु तिवारी गौतम, आदित्य अधिकारी, विपना राउतलगायतले प्रावि तहको नियुक्ति लिनुभएको क्याम्पसले जनाएको छ ।

गत वर्ष सुकुनाका विद्यार्थीहरू लेकीडोमा तामाङ र रविन राई शिक्षक सेवा आयोगले लिएको परीक्षा पास गरी नेपालकै कान्छा शिक्षक बन्न सफल हुनुभएको थियो ।

सम्बन्धित थप समाचारहरूः

२० वर्षमै शिक्षक सेवा आयोग पास गरेपछि चर्चामा पाँचथरकी लेकीडोमा तामाङ र संखुवासभाका रबिन राई

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments