Friday, December 5, 2025
Homeफिचरनृत्य निर्देशक संघ नेपाल सुन्दरहरैंचाले गरेको नगरव्यापी अन्तर स्कुल एकल नृत्यमा मदरल्याण्ड...

नृत्य निर्देशक संघ नेपाल सुन्दरहरैंचाले गरेको नगरव्यापी अन्तर स्कुल एकल नृत्यमा मदरल्याण्ड र जुपिटर पहिलो

विराटचोकः नृत्य निर्देशक संघ नेपाल सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको नगरव्यापी अन्तर स्कुल एकल नृत्य प्रतियोगिताको सिनियरतर्फ जुपिटर इङ्लिस स्कुल गछिया र जुनियरतर्फ मदरल्याण्ड बोर्डिङ स्कुल विराटचोकका प्रतिष्पर्धी पहिलो भएका छन् ।

सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गत शुक्रबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा सिनियर तर्फबाट जुपिटर इङ्लिस स्कुल गछियाकी प्राइना राई विजयी हुनुभएको हो । प्रतियोगितामा जुपिटरकै जेनु राई फस्ट रनर अप र बालसदन एकेडेमी विराटचोककी समीक्षा अधिकारी सेकेण्ड रनर अप हुनुभएको छ ।

प्रतियोगितामा जुनियरतर्फ मदरल्यान्ड बोर्डिङ स्कुल विराटचोककी विनिसा ओली विजयी हुनुभएको छ । क्वेष्ट इङ्लिस स्कुल सलकपुरकी रोशनी राउत फस्ट रनर अप तथा सुकुना माध्यमिक विद्यालय खोर्सानेकी फङ्गमा लिम्बू सेकेण्ड रनर अप हुनुभएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments